यो बाख्राले घाँस होइन, माछा खान्छ [ भिडियोसहित]-Sutra News

यो बाख्राले घाँस होइन, माछा खान्छ [ भिडियोसहित]

सोमबार, १८ असोज २०७८

सोमबार, १८ असोज २०७८

बाख्रा शाकाहारी प्राणी हो तर एउटा अचम्मको भिडियो सार्वजनिक भएको छ ।



भिडियोमा बाख्राले माछा चपाएर खाएको देख्न सकिन्छ । बाख्राले माछा खाइरहेको एक भिडियो सामाजिक सञ्जालमा खुबै भाइरल भइरहेको छ ।

भिडियोमा एउटा बाख्रा टोकरीबाट माछा चपाउँदै गरेको देख्न सकिन्छ । भिडियो हेरेपछि मानिसहरुलाई यो कुरा विश्वास गर्न गाह्रो भइरहेको छ । मांसाहारी बाख्राले सबैलाई चकित बनाएको छ ।

बाख्रा सामान्यतया घाँस, पात वा अन्न खान्छ । तर भिडियोमा देखिएको बाख्रा माछा खाइरहेको छ । मानिसहरु अचम्ममा परेका छन् । बाख्राले माछा खाइरहेको भिडियो इन्स्टाग्राम र ट्विटर लगायत विभिन्न सामाजिक सञ्जाल प्लेटफर्ममा सेयर हुँदैछ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट