काँग्रेस महाधिवेशन- विमलेन्द्र, शशांक र प्रकाशमानबीच भेटवार्ता, यस्तो छ रणनीति-Sutra News

काँग्रेस महाधिवेशन- विमलेन्द्र, शशांक र प्रकाशमानबीच भेटवार्ता, यस्तो छ रणनीति

सोमबार, १८ असोज २०७८

सोमबार, १८ असोज २०७८

काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेसका तीन नेताबीच भेटवार्ता भएको छ ।



पार्टीको आसन्न १४ औं महाधिवेशनका विषयमा छलफल गर्नका लागि विमलेन्द्र निधि, डा.शशांक कोइराला र प्रकाशमान सिंहबीच भेटवार्ता भएको हो । उनीहरुबीच निधि निवास बानेश्वरमा छलफल भेटवार्ता भएको हो ।

महाधिवेशनमा विमलेन्द्र निधिले सभापति शेरबहादुर देउवालाई चुनौती दिंदै सभापतिमा उठ्ने निर्णय गरिसकेका छन् । उनी देउवाका विश्वासपात्र समेत हुन् । उनले बानेश्वरको थापा गाउँनजिकै सम्पर्क कार्यालय समेत खोलिसकेका छन् ।

अर्का नेता कोइरालाले पनि सभापतिमा देउवालाई हराउन भरपुर मात्रामा लागिरहेका छन् । विभिन्न कार्यक्रमहरुमा उनले देउवालाई हराउन आफू नै सभापतिको उम्मेदवारका रुपमा उठ्नुपर्ने बताउँदै आइरहेका छन् । उनले औपचारिक रुपमा उम्मेदवारीको घोषणा गरेका छैनन् तर उनी पनि सभापतिमा उठ्ने तयारी गरिरहेका छन् ।

तीन नेताहरुले यसअघि पनि बाक्लै भेटघाट गरिरहन्थे । उनीहरुले देउवालाई हराउने रणनीतिमा छलफल गरिरहेका छन् ।

यतिबेला काँग्रेसको वडा र नगर अधिवेशन हुने क्रम जारी छ कांग्रेस केन्द्रीय महाधिवेशन मंसिरमा हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट