अखिल क्रान्तिकारीको बन्द सत्रमा हानाहान-Sutra News

अखिल क्रान्तिकारीको बन्द सत्रमा हानाहान

सोमबार, १८ असोज २०७८

सोमबार, १८ असोज २०७८

काठमाडौं- सत्ता साझेदार नेकपा माओवादी केन्द्रनिकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलनको बन्द सत्रमा झडप भएको छ । केन्द्रीय नेतृत्व चयनको घोषणा गर्ने तयारी भइरहेका बेला विद्यार्थीबीच हानाहान भएको हो ।



असन्तुष्ट समूहका विद्यार्थीले नाराबाजी गरेका थिए । नारावाजीका बीच चयन भएका पदाधिकारीको नाम घोषणा गर्न थालिएपछि विद्यार्थीले तोडफोड गर्दै कुर्सी प्रहार गरेका हुन् ।

राष्ट्रिय सम्मेलन अगाडिको समितिका कोषाध्यक्ष केशव रावल पक्षका विद्यार्थीले नाराबाजी र तोडफोड गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट