माओवादीले पाउने मन्त्रालयको लाग्यो टुंगो, यी नेताहरु बन्दैछन् मन्त्री-Sutra News

माओवादीले पाउने मन्त्रालयको लाग्यो टुंगो, यी नेताहरु बन्दैछन् मन्त्री

मंगलबार, १९ असोज २०७८

मंगलबार, १९ असोज २०७८

प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा नेकपा माओवादी केन्द्रले पाउने मन्त्रालयको टुंगो लागेको छ । प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच सोमबार भएको छलफलबाट मन्त्रालयको टुंगो लगाएको बताइएको छ ।



बताइएअनुसार नेकपा माओवादीले शिक्षा, भूमिसुधार, र युवा तथा खेलाकुंद मन्त्रालय पाउने भएको छ तर मन्त्रालय भागबण्डाको अन्तिम रुप भने सत्तारुढ दलको बैठक बसेपछि मात्र फाइनल हुनेछ ।

माओवादीबाट मन्त्री बन्नेहरुमा देवेन्द्र पौडेल, अञ्जना बिसंखे र महेश्वर गहतराज र हरिबोल गजुरेलको नाम चर्चामा आएको छ । मन्त्रीको नामको अन्तिम रुप माओवादी स्थायी कमिटी बैठक बसेपछि आउनेछ ।

अध्यक्ष प्रचण्डले आफ्नो पार्टीका नेताहरुले मन्त्री बन्न हानाथाप गरेको कुरा सार्वजनिक रुपमा नै भनिसकेका छन् । आफ्नो पार्टीका नेताहरु मन्त्रीको आकांक्षी भएपछि आफूलाई मन्त्रीको नाम छनोट गर्न गाह्रो परेको उनको गुनासो छ ।

सर्वोच्च अदालतको परमादेशबाट असार २९ गते प्रधानमन्त्रीमा नियुक्त भएका नेपाली कांग्रेसका सभापति देउवाले हालसम्म पनि मन्त्रिपरिषद विस्तार गर्न सकेका छैनन् । गठबन्धनका नेताहरुले अहिले सरकारमा सहभागी हुने नेताहरुको नाम पठाउने क्रम जारी राखेका छन् ।

यसअघि नेकपा एकीकृत समाजवादी पार्टी नेकपा एसले सरकारमा सहभागी हुने मन्त्रीको नाम देउवालाई दिइसकेको छ । अन्य राजनीतिक दलहरुले आफ्नो पार्टीबाट मन्त्रीको नाम दिएपछि देउवाले मन्त्रिपरिषद विस्तार गर्ने बुझिएको छ ।  

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट