संखुवासभा हत्या प्रकरण- आरोपीलाई जेल चलान् गर्न अदालतको आदेश-Sutra News

संखुवासभा हत्या प्रकरण- आरोपीलाई जेल चलान् गर्न अदालतको आदेश

मंगलबार, १९ असोज २०७८

मंगलबार, १९ असोज २०७८

काठमाडौँ । संखुवासभाको मादी नगरपालिका–१ उम्लिङ खोला गाउँमा भएको ६ जनाको हत्यामा संलग्न आरोपीलाई अदालतले थुनामा राख्न आदेश दिएको छ । अदालतले उनीहरुलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो ।



गत भदौ २१ गते बिहान मादी–१ उम्लिङ खोला गाउँस्थित ५२ वर्षीय तेजबहादुर कार्की, ८४ वर्षीया उनीकी आमा पार्वती कार्की, ५२ वर्षीया श्रीमती कमला कार्की, बुहारी ३२ वर्षीया रञ्जना कार्की, नाति ८ वर्षीय दीपेन कार्की र नातिनी ५ वर्षीया गोमा कार्कीको सामूहिक हत्या भएको थियो ।

घटना भएको केहीदिन पछि प्रहरीले हत्यामा संलग्नहरुलाई सार्वजनिक गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट