काठमाडौँ । सरकारले प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणा मन्त्रिमण्डल विस्तारमा भाग मागेको समाचारमा कुनै सत्यता नभएको जनाएको छ ।
सरकारका प्रवक्तासमेत रहेका कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रधानन्यायाधीशले प्रधानमन्त्री शेराबहादुर देउवासँग कुनैपनि मन्त्री नमागेको बताएका हुन् ।
‘प्रधानन्यायाधीशको भाग भन्ने किसिमले जुन किसिमको चर्चा आएको छ। त्यसमा कुनै सत्यता छैन’,उनले भने ।
जबराले मन्त्रिपरिषदमा आफ्नो भाग खोजेको आरोप लागेपछि हिजो सर्वोच्च बारले उनीसँग सोधपुछ गरेको थियो । बारले सो समाचार पुष्टि भए सरकार र न्यायालयविरुद्ध आन्दोलन गर्ने चेतावनीसमेत दिएको थियो ।
प्रधानन्यायाधीशले पनि यो विषयमा कुनै सत्यता नभएको भन्दै एक विज्ञप्ति जारी गरिसकेका छन् ।