२ दिनभित्रमा प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद विस्तार गर्ने सम्भावना, कुन दललाई कति मन्त्रालय ?-Sutra News

२ दिनभित्रमा प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद विस्तार गर्ने सम्भावना, कुन दललाई कति मन्त्रालय ?

मंगलबार, १९ असोज २०७८

मंगलबार, १९ असोज २०७८

काठमाडौँ ।  सत्तारुढ गठबन्धनका दलहरुले पर्सि बिहीबारसम्म मन्त्रिपरिषद् विस्तार गर्ने निर्णय गरेका छन् । आगामी बिहीबारसम्म मन्त्रिपरिषद विस्तार हुने गठबन्धनका नेताहरु बताउँछन् ।



सत्तारुढ काँग्रेसले जम्माजम्मी गरेर ६ मन्त्रालय पाउने सहमति भएको छ । कांग्रेसबाट गृहमन्त्रीमा बालकृष्ण खाण, परराष्ट्रमन्त्रीमा डा. नारायण खड्का, कानूनमन्त्रीमा ज्ञानेन्द्रबहादुर कार्की र स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठ रहेका छन् ।

त्यस्तै नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादीले ५/५ मन्त्रालयसहित १/१ राज्यमन्त्री पाउने जनाइएको छ ।

हाल माओवादी र काँग्रेसबाट मात्र मन्त्री रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट