यस्ता छन् मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरू-Sutra News

यस्ता छन् मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरू

मंगलबार, १९ असोज २०७८

मंगलबार, १९ असोज २०७८

काठमाडौं- सरकारले रोजगार अनुमति प्रणाली सञ्चालन तथा व्यवस्थापन पहिलो संशोधन निर्देशिका २०७८ लाई स्वीकृत गर्ने निर्णय गरेको छ ।



प्रधानमन्त्रीनिवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

उनका अनुसार आजको बैठकले नेपाल प्रशासन सेवातर्फको राज पत्रांकित विशिष्ट श्रेणी पदमा सहसचिव रविलाल पन्तलाई बढुवा गर्ने निर्णय पनि गरेको छ ।

त्यस्तै वैदेशिक रोजगार न्यायाधीकरणको रिक्त सदस्यमा सह न्यायाधिवक्ता डा.गोपिचन्द्र भट्टराईलाई तोक्ने निर्णय बैठकले गरेको छ ।

यस्तै ऋण असुली न्यायाधीकरणको रिक्त कानुन सदस्य पदमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका उपसचिव विष्णुप्रसाद रेग्मीलाई नियुक्ति गर्ने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको छ ।

यही असोज २४ देखि २८ गतेसम्म परराष्ट्रमन्त्रीको नेतृत्वमा असंलग्न आन्दोलनको कमेरेटिभ हाइ लेभल मिटिङमा सहभागी हुने नेपाली प्रतिनिधिमण्डल गठन गर्ने निर्णयसमेत मन्त्रिपरिषद्ले गरेको छ ।

 

 

 

 

त्यस्तै विद्युतीय राहदानी बुकलेटमा उल्लेख हुने सुरक्षा विशेषताहरु ुसेक्युरिटी फिचर्सु स्वीकृत गर्ने निर्णय भएको प्रवक्ता कार्कीले बताए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट