तिमी मुस्कुराउँदा गीतको भिडियो सार्वजनिक-Sutra News

तिमी मुस्कुराउँदा गीतको भिडियो सार्वजनिक

मंगलबार, १९ असोज २०७८

मंगलबार, १९ असोज २०७८

काठमाडौं- चर्चित मोडल तथा कलाकार गरिमा शर्माको सुन्दरता झल्कने अर्को म्युजिक भिडियो सार्वजनिक भएको छ । संगम थपलियाको स्वरमा रहेको गीत तिमी मुस्कुराउँदाको म्युजिक भिडियोमा गरिमाको सुन्दरता अझ झल्किएको छ ।



भिडियोमा सुरज थपलिया र गरिमाबीच माया प्रेमको रोमान्स देखाइएको छ । कामका सिलसिलामा कुलेखानीमा पुगेका सुरजले गरिमालाई देखेपछि मन पराएको र त्यसपछिका माया प्रेमका घटनाक्रम भिडियोमा हेर्न सकिन्छ । 

कुलेखानीका विभिन्न स्थानमा छायांकन गरिएको भिडियोको निर्देशन रमेश थापाले गरेका छन् । गरिमा र सुरजका साथमा गायक संगमलाई पनि भिडियोमा फिचरिङ गरिएको छ । संगम थपलियाको यो पहिलो रेकर्डेड गीत हो । 

तिमी मुस्कुराउँदा बोलको गीतमा शब्द र संगीत किशोर विश्वकर्माको छ । गीतमा संगीत संयोजन सञ्जीब बराईलीको छ । अकस्टिक रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको गीतको मिक्सिङ प्रकाश मिश्रले गरेका हुन् । 

उत्सव दाहालले खिचेको भिडियोको सम्पादन नहकुल खड्काले गरेका छन् । सिता राईले कोरियोग्राफी गरेको यो म्युजिक भिडियोमा मनोरञ्जन श्रेष्ठको कलर संयोजन छ । चन्द्र विनायक फिल्म प्रोडक्सनमा भिडियोको पोस्ट प्रोडक्सनको काम गरिएका हो । 

शिवराम थपलिया गीतको निर्माता हुन् । गीत ओएसआर डिजिटलको अफिसियल युट्युब च्यानलमा रिलिज गरिएको छ ।  

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट