काठमाडौं- सत्ता साझेदार नेकपा माओवादी केन्द्रले पार्टीबाट सरकारमा पठाउने थप मन्त्रीहरूका बारेमा छलफल गर्न स्थायी कमिटी बैठक बोलाएको छ ।
बुधबार दिउँसो १ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने बैठकमा सरकार विस्तारका बारेमा छलफल हुने एक स्थायी कमिटी सदस्यले जानकारी दिए ।
‘विभिन्न समसामयिक विषयमा छलफल हुन्छ । त्यसमा पनि खासगरी आज सरकारकै विषयमा छलफल केन्द्रीत हुन्छ’, ती सदस्यले भने ।
गठबन्धन सरकारमा माओवादी केन्द्रले अर्थ र ऊर्जा मन्त्रालय पाइसकेको छ । यो पार्टीले अब बढीमा चार मन्त्री पठाउनेछ ।