आफ्नो पक्षको मन्त्री छान्न रामचन्द्र पौडेलले बोलाए बैठक, मागेको मन्त्रालय नपाउने पक्का-Sutra News

आफ्नो पक्षको मन्त्री छान्न रामचन्द्र पौडेलले बोलाए बैठक, मागेको मन्त्रालय नपाउने पक्का

बुधबार, २० असोज २०७८

बुधबार, २० असोज २०७८

सत्तारुढ दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले आफ्नो समूहबाट मन्त्री छान्नका लागि बैठक बोलाएको छ । बैठक आज दिउँसो २ बजे पौडेल निवास बोहराटारमा बस्नेछ ।



प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुनका लागि यतिबेला सत्ता गठबन्धनका नेताहरुले मन्त्री छान्ने काम गरिरहेका बेला पौडेल पक्षले पनि मन्त्रीको नाम दिनका लागि बैठक बोलाएको हो ।

कांग्रेसले प्रधानमन्त्री र ६ मन्त्रालय पाउने पक्का छ भएको छ । काँग्रेसको तर्फबाट यसअघि नै कांग्रेसबाट प्रधानमन्त्री देउवासहित गृहमन्त्री बालकृष्ण खाँड, परराष्ट्रमन्त्री डा नारायण खड्का र कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जिम्मेवारी पाइसकेका छन् ।

काँग्रेसको भागमा स्वास्थ्य तथा जनसंख्या, सञ्चार तथा सूचना प्रविधि, महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा समाज कल्याण मन्त्रालय परेको छ ।

तर काँग्रेसको पौडेल पक्षले भने आफ्नो तर्फबाट एक उपप्रधानमन्त्री पाउनुपर्ने माग गर्दै आएको छ । केही समयअगाडी पौडेल पक्षले आफूले मागेको मन्त्रालय नपाए सरकारमा सहभागी नहुने चेतावनीसमेत दिएको थियो ।

पौडेल पक्षले सुजाता कोइरालालाई उपप्रधानमन्त्री बनाउनुपर्ने कुरा अगाडी सार्दै आएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट