अर्डर गरेको चिकेन बर्गरमा पहिलो गाँसमै मान्छेको औंला भेटेपछि जे भयो…-Sutra News

अर्डर गरेको चिकेन बर्गरमा पहिलो गाँसमै मान्छेको औंला भेटेपछि जे भयो…

बुधबार, २० असोज २०७८

बुधबार, २० असोज २०७८

चिकेन बर्गरमा मानिसको औंला भेटिएपछि एक महिला अचम्ममा परेकी छन् । उनले रेस्टुरेन्टमा चिकेन बर्गर अर्डर गर्दा बर्गरसँगै मानिसको औंला भेटेपछि उनी अचम्म परिन् ।



अन्तरराष्ट्रिय संचार माध्यमका अनुसार बोलिभियामा बस्ने इस्टेफनी बेनिटेज एक फास्ट फूड रेष्टुरेन्टमा बर्गर खान गएकी महिलाले त्यस्तो भोगेकी हुन् ।

burger.webp

अर्डर गरेको बर्गर खाने क्रममा उनले केही कडा वस्तु भेटेकी थिइन् । उनले त्यसलाई के रहेछ भनेर निकाल्दा मान्छेको औंला भेटाइन् ।

उनले त्यस्तो भेटेपछि सामाजीक संजालमा पोष्ट गरेकी थिइन् । सम्बन्धीत निकायले त्यसबारे अनुसन्धान गरेको बताइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट