कृष्ण सिटौलाको कोटाबाट मन्त्री बन्दै उमाकान्त चौधरी-Sutra News

कृष्ण सिटौलाको कोटाबाट मन्त्री बन्दै उमाकान्त चौधरी

बुधबार, २० असोज २०७८

बुधबार, २० असोज २०७८

प्रधानमन्त्री शेरबहादुर देउवाले केही दिनमा नै मन्त्रिपरिषद विस्तार गर्ने तयारी गरेका छन् । यतिबेला सत्ता गठबन्धनका नेताहरुले आफ्नो मन्त्रीको नाम दिने क्रम जारी राखेका छन् ।



कांग्रेसको भागमा आठवटा मन्त्रालय परेको छ । संस्थापन समूहबाट तीन मन्त्री र एक राज्यमन्त्री चयन भइसकेका छन्। बाँकी चार मन्त्रीमध्ये तीन मन्त्रालय संस्थापनइतर समूहले पाउने भएका छन्। त्यसमध्ये पौडेल समूहको भागमा दुईवटा मन्त्रालय परेका छन् ।

१३ औं महाधिवेशनमा गगन थापा र उमाकान्त चौधरीले कृष्णप्रसाद सिटौलालाई सहयोग गरेका थिए तीमध्ये गगन स्वास्थ्य मन्त्री भइसकेका छन् भने अहिले चौधरीलाई मन्त्री बनाउने तयारी भइरहेको छ ।

पौडेल समूहमा मन्त्रीका लागि केन्द्रीय सदस्यहरु सुजाता कोइराला, डा. मिनेन्द्र रिजाल, दिलेन्द्रप्रसाद बडु, तेजुलाल चौधरी र राजन केसीको नाम चर्चामा छ ।

माओवादी केन्द्रले ६, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले चार–चार मन्त्रालय लिने सहमति भएको स्रोतले बतायो ।

कांग्रेस, माओवादी र एकीकृत समाजवादीले एक–एक राज्यमन्त्री पाउनेछन् भने जनता समाजवादी पार्टीलाई रिक्त रहेको उपसभामुख पद पनि दिने सहमति भएको छ।

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट