काँग्रेस नेताहरुको भारत भ्रमण किन ?-Sutra News

काँग्रेस नेताहरुको भारत भ्रमण किन ?

बुधबार, २० असोज २०७८

बुधबार, २० असोज २०७८

भारतीय जनता पार्टी (भाजपा)को निमन्त्रणामा नेपाली कांग्रेसको एक टोली बिहीबार भारत भ्रमणमा जाने भएको छ ।



कांग्रेस सहमहामन्त्री एवं पूर्वपरराष्ट्रमन्त्री डा प्रकाशशरण महतको नेतृत्वमा पार्टीका नेताद्वय अजयकुमार चौरासिया र उदयशम्शेर राणासहितको टोली भारत जान लागेको पार्टी कार्यालयले जनाएको छ ।

भ्रमणका अवसरमा दुवै पार्टीबीचको सम्बन्ध विस्तार र सुदृढीकरणलगायत विषयमा छलफल हुने बताइएको छ । दुवै सत्तारूढ दल भएकाले पार्टीबीचको सम्बन्ध विस्तारका साथै नेपाल–भारतका विभिन्न मुद्दामा समेत छलफल हुने डा महतले जानकारी दिए ।

भ्रमणले दुई पक्षीय समझदारीको तह थप उचाइमा पु¥याउन योगदान पुग्ने उहाँले विश्वास व्यक्त गर्नभयो । भाजपाका विदेश विभाग प्रमुख विजय चौथाइवालेले गत महिना सहमहामन्त्री डा महतको निमन्त्रणामा नेपाल भ्रमण गरी विभिन्न दलका नेताहरुसँग भेटवार्ता गर्नुभएको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट