प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश २ सरकारलाई बदनाम गर्ने प्रयास भएको आरोप लगाएका छन् ।
आज बुधबार जारी प्रदेश सभाको बैठकमा बोल्दै उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफूहरुलाई सुनियोजित रुपमा बदनाम गर्न छापा मारेको बताएका हुन् ।
बैठकमा बोल्दै उनले भने, ‘यदि त्यसमा कुनै त्रुटि छ भने, फाइल कमजोर छ भने बोलाएर सोध्न सक्नुहुन्छ’ उनले भने, ‘तर यो अट्याक हो । प्रदेश सरकारलाई बदनाम गर्ने प्रयास गरिएको छ ।’
राउतले ‘बेटी पढाउ, बेटी बचाउ’ कार्यक्रमअन्तर्गत साइकल खरिदमा अनियमितता नभएको दाबी गरेका गरे ।
उनलेथप भने, ‘साइकल वितरण कार्यक्रम अहिले चर्चामा छ, प्रदेश सरकारलाई चोर भनिँदैछ,’ राउतले प्रदेशसभा सदस्यहरूलाई भने, ‘नीति कार्यक्रम र बजेट तपाईंहरूले पास गरेको होइन ? मुख्यमन्त्रीले बजेट खर्च गर्ने त होइन? कम मूल्य कबोल गर्ने आपूर्तिकर्तालाई साइकल खरिद गर्न अनुमति दिइएको हो।’