तन्नेरी अवस्थामै कपाल फुलेको छ ? यी हुन् कारणहरू-Sutra News

तन्नेरी अवस्थामै कपाल फुलेको छ ? यी हुन् कारणहरू

बुधबार, २० असोज २०७८

बुधबार, २० असोज २०७८

लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ ।



उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको जीवनशैलीका कारण युवा र बच्चाको समेत कपाल फुल्ने समस्या छ । यहाँ हामी कपाल सेतो हुने कारण बताउँदैछौं जसलाई ध्यान दिनुभयो तपाईंको कपाल असमयमै फुल्दैन ।

मेलेनिन
हाम्रो कपालमा मेलेनिन नामक तत्त्व हुन्छ जसले कपालको रंग कालो राखिराख्न मद्दत गर्छ । उमेर बढ्दै जाँदा मेलेनिन बन्न कम हुन्छ र कपाल सेतो हुन थाल्छ । भोजनमा पौष्टिक तत्त्वको कमी हुँदा कपाल मेलेनिन बन्न पाउँदैन ।

भिटामिन
भिटामिन बी १२ कपाललाई कालो बनाउनका लागि जरूरी छ । दुग्धपदार्थ र माछामासुमा यो तत्त्व उपलब्ध हुन्छ ।

आहार
भिटामिन र मिनरलले भरिपूर्ण भोजनले कपाललाई कालो बनाउन मद्दत गर्छ । जंक फूड र धेरै तारेको डढेको खाने व्यक्तिको कपाल छिट्टै फुल्छ । 

आनुवंशिकता
कपाल असमयमा फुल्नुमा हाम्रा जिनहरू पनि जिम्मेवार छन् । माता वा पितामध्ये एकको पनि कम उमेरमै कपाल फुल्न थालेको रहेछ भने सन्तानको कपालमा मेलेनिनको कमी भएर फुल्न थाल्छ ।

थाइरोइड 
शरीरमा भएको थाइरोइड ग्रन्थिबाट निस्कने हर्मोन कम मात्रामा बन्दा पनि कपाल सेतो हुने सम्भावना बढ्छ ।

सौन्दर्य प्रसाधन सामग्रीको अत्यधिक प्रयोग, प्रदूषण, नशालु पदार्थको सेवन, कडा पानी र तनाव पनि कपाल छिट्टो फुलाउने साधन हुन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट