प्रचण्डको सान्दर्भिकता सकियो, राम्रो आश्रम बनाएर शिवपुरीको डाँडा नजिक राख्नुपर्छ- महेश बस्नेत-Sutra News

प्रचण्डको सान्दर्भिकता सकियो, राम्रो आश्रम बनाएर शिवपुरीको डाँडा नजिक राख्नुपर्छ- महेश बस्नेत

बुधबार, २० असोज २०७८

बुधबार, २० असोज २०७८

काठमाडौँ । नेकपा एमालेका नेता महेश बस्नेतले नेपाली राजनीतिमा माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’को सान्दर्भिकता सकिएको बताएका छन् ।



राष्ट्रिय युवा संघ नेपाल धनगढीमाई नगर कमिटीद्वारा बुधबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै बस्नेतले सबैले छाड्न थालेपछि प्रचण्डको चिच्याहट सुरु भएको बताएका हुन् ।

कार्यक्रममा बोल्दै नेता बस्नेतले भने,  ‘माओवादीका घाइते अपाङ्ग लडाकुहरु अलपत्र परेर सडकमा हिँडिरहेका छन् । अरब गएर भेडा चराइरहेका छन् । अध्यक्ष प्रचण्ड आफ्ना आसेपासे वरीपरी राख्नुहुन्छ । छोरीलाई मेयर, ज्वाइलाई राजदूत चाहिएको छ । सारा कालो सम्पत्ति सुमार्गीमार्फत ब्रिटेन आइल्याण्डमा लगेर पैसा थुपार्नुहुन्छ ।’

उनले थपे, ‘अब प्रचण्डलाई कि प्रेसरको औषधि दिने हो कि कृष्णप्रसाद भट्टराईलाई हाम्रो सरकारले गोदावरीमा आश्रम बनाएर राखेजस्तै अब प्रचण्डलाई हामी एउटा राम्रो आश्रम बनाएर शिवपुरीको डाँडा नजिक राख्ने हो ।’

नेता बस्नेतले काँग्रेसले झुटो आश्वासन मात्रै बाँडेको आरोप लगाए । चुनावमा जित्नका लागि काँग्रेसले विभिन्न आश्वासन दिने भएकाले त्यसमा नझुक्किन उनले सहभागीहरुलाई आग्रहसमेत गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट