काठमाडौं- प्रदेश-२ का मुख्यमन्त्री लालबाबु राउतले विश्वासको मत पाएका छन् । प्रदेशसभाको सातौँ अधिवेशनको तेस्रो बैठकमा मुख्यमन्त्री राउतले विश्वासको मत पाएका हुन् ।
विश्वासको मत लिने उनको प्रस्तावको पक्षमा ७७ र विपक्षमा २३ मत परेको छ । बुधबार प्रदेशसभामा एक सयजना सांसद उपस्थित थिए ।
जसपा, कांग्रेस र माओवादी केन्द्रका सांसदले प्रस्तावको पक्षमा मतदान गरे भने एमाले र लोसपाले विपक्षमा मत दिए ।
प्रदेशसभामा जसपाका ३८ (सभामुखबाहेक), कांग्रेसका १९, नेकपा एकीकृत समाजवादीका १३ र माओवादी केन्द्रका ८ सांसद छन् ।
यस्तै विपक्षी एमालेका ८ लोसपाका १६ र नेपाल संघीय समाजवादी पार्टीका एक सांसद छन् ।