एम्बुलेन्स चालकहरूलाई अक्सिजन सिलिण्डर-Sutra News

एम्बुलेन्स चालकहरूलाई अक्सिजन सिलिण्डर

बुधबार, २० असोज २०७८

बुधबार, २० असोज २०७८

पाल्पा- नेपाल रेडक्रस सोसाइटी पाल्पाले जिल्लामा संचालित एम्बुलेन्सलाई अक्सिजन सिलिण्डर उपलब्ध गराएको छ । रेडक्रसले अस्ट्रियन रेडक्रसको सहयोगमा वास कार्यक्रमअन्तर्गत जिल्लाका सबै एम्बुलेन्सहरूका लागि निःशुल्क रूपमा अक्सिजन सिलिण्डर उपलब्ध गराएको हो ।



यहाँ संचालित २२ वटा एम्बुलेन्सहरूलाई विपद् व्यवस्थापन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी योगेन्द्रप्रसाद पाण्डेको सहभागितामा अक्सिजन सिलिण्डर वितरण गरिएको छ ।

एम्बुलेन्समा अक्सिजन सिलिण्डर नहुँदा धेरै बिरामीहरूको अवस्था गम्भीर भएको र कतिपय बिरामीहरूले अकालमा ज्यान गुमाउनुपरेको दुःखद् परिस्थितिलाई मध्यनजर गरी रेडक्रस पाल्पाले जिल्लाभर चल्ने एम्बुलेन्सहरूलाई अनिवार्य अक्सिजन राख्नुपर्ने व्यवस्था गरी पहिलो चरणमा निःशुल्क सिलिण्डर प्रदान गरेको हो ।

दम, स्वासप्रस्वास र कोभिडका बिरामीका लागि अक्सिजन अमृत बराबर भएकाले बिरामीको ज्यान बचाउन ठूलो मद्दत पुग्ने भएकाले एम्बुलेन्स चालकहरूलाई निःशुल्क अक्सिजन सिलिण्डर प्रदान गरिएको रेडक्रसका जिल्ला सभापति बुद्धिप्रसाद शर्माले बताए । 
 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट