विहानै शक्तिशाली भूकम्प, १८ जनाको मृत्यु-Sutra News

विहानै शक्तिशाली भूकम्प, १८ जनाको मृत्यु

बिहिबार, २१ असोज २०७८

बिहिबार, २१ असोज २०७८

पाकिस्तान- पाकिस्तानमा शक्तिशाली भूकम्प जाँदा १८ जनाको ज्यान गएको छ । बिहीबार बिहानै बलुचिस्तान प्रान्त केन्द्रविन्दु भएर भूकम्प गएको स्थानीय अधिकारीले बताएका छन् ।



उद्धारकर्मीहरुले मृत्यु हुनेको संख्या बढ्न सक्ने बताएका छन् । सामाजिक सञ्जालमा पोस्ट भएका तस्बिर तथा भिडियोमा क्वेटा शहरमा मानिसहरु सडकमा निस्किएको देखिएको छ ।

५.७ रेक्टर स्केलको भूकम्प गएको प्रारम्भिक तथ्यांक छ । भूकम्पका कारण भत्किएको भवनमा च्यापिएर मानिसहरुको ज्यान गएको हो ।

भूकम्पमा परी अरु ५० जना भन्दा बढी घाइते भएको जिओ टेलिभिजनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट