देशभरको मौसम बदली, शनिबारसम्म कस्तो रहला ?-Sutra News

देशभरको मौसम बदली, शनिबारसम्म कस्तो रहला ?

बिहिबार, २१ असोज २०७८

बिहिबार, २१ असोज २०७८

काठमाडौं- देशभरको मौसम बदली भएको छ ।



भारतको पश्चिम बंगाल तथा आसपासतिर अवस्थित न्यून चापीय क्षेत्रको प्रभावले नेपालमा पनि असर परेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

सोही प्रभावले कम्तीमा तीन दिन हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाकाले बिहान ६ बजे जारी गरेको पूर्वानुमान बुलेटिनअनुसार अहिले प्रदेश नं १, वाग्मती र गण्डकी प्रदेशका एक/दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो पनि देशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ महाशाखाले जनाएको छ ।

अक्टोबर २ मा बाहिरिसक्नु पर्ने मनसुन बाहिरिन केही दिन लागेकाले पनि वर्षाको क्रम नरोकिएको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार कम्तीमा आगामी शनिबारसम्म देशका विभिन्न स्थानमा हल्कादेखि मध्यम वर्षा हुनेछ ।  

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट