आजदेखि २७ वर्षमाथिकालाई कोरोना खोप-Sutra News

आजदेखि २७ वर्षमाथिकालाई कोरोना खोप

बिहिबार, २१ असोज २०७८

बिहिबार, २१ असोज २०७८

तेह्रथुम- तेह्रथुमको छथर गाउँपालिकामा आजदेखि काेराेना भाइरसविरुद्धकाे खाेप अभियान सुरु भएकाे छ ।



यसअघि ४० वर्ष माथिका नागरिकलाई खाेप लगाइएकामा आज बिहीबार र शुक्रबार २७ वर्ष माथिकालाई खाेल लगाइन लागिएकाे हाे ।  

गाउँपालिकाले सार्वजानिक सूचना जारी गरी खोप लगाउन आह्वान गरेकाे छ । २७ वर्षभन्दामाथिकालाई खाेप लगाइसकेपछि १८ वर्षसम्मकालाई खाेप लगाइने गाउँपालिका अध्यक्ष सन्तवीर लिम्बुले जानकारी दिए ।

छथर अस्पताल,आङदिम,पञ्चकन्या,फाक्चामारा,ओख्रे र सुदाप स्वास्थ्य चौकीमा खोप केन्द्र ताेकिएकाे छ ।  

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट