पाकिस्तानमा भूकम्पः मृत्यु हुनेको संख्या २०, दर्जनौं घाइते-Sutra News

पाकिस्तानमा भूकम्पः मृत्यु हुनेको संख्या २०, दर्जनौं घाइते

बिहिबार, २१ असोज २०७८

बिहिबार, २१ असोज २०७८

पाकिस्तान- पाकिस्तानमा गएको शक्तिशाली भूकम्पमा कम्तिमा २० जनाको मृत्यु भएको छ । बिहीबार बिहान गएको सो भूकम्पमा २०० भन्दा बढी घाईते भएका छन् । ५ दशमलब ७ रेक्टर स्केलको सो भूकम्पका कारण बलोचिस्तान प्रान्त सबैभन्दा बढी प्रभावित छ ।



भूकम्पपछि विद्युतीय आपूर्ति बन्द हुँदा सो प्रान्तका केही अस्पतालसमेत प्रभावित छन् । हार्नी सहरमा सडक भत्किएका छन्, विद्युत आपूर्ति अबरुद्ध भएको छ र मोवाईलको नेर्टवर्किङमा  समस्या देखिएको छ ।

भूकम्पछि घर तथा छाना भत्किदा मानिसहरु फसेका थिए ।  भुकम्पपछि क्वेटा शहरका मानिसहरू सडकमा निस्केका थिए ।

भूकम्पमा अहिलेसम्म २० जनाको ज्यान गएको सूचना प्राप्त भएको छ,’ बलोचिस्तानका गृहमन्त्री मिर जीया उल्लाहले भने । मृत्यु हुनेमा एक महिला र ६ बालबालिका छन् । 
 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट