मन्त्री बनाउन ३ जनाको नाम लिएर बालुवाटार पुगेका पौडेलसँग देउवाले जम्मा २ वटाको नाम मागेपछि-Sutra News

मन्त्री बनाउन ३ जनाको नाम लिएर बालुवाटार पुगेका पौडेलसँग देउवाले जम्मा २ वटाको नाम मागेपछि

बिहिबार, २१ असोज २०७८

बिहिबार, २१ असोज २०७८

काठमाडौँ  । सर्वोच्च अदालतको परमादेशबाट प्रधानमन्त्रीमा नियुक्त भएका शेरबहादुर देउवाले हालसम्म पनि मन्त्रिपरिषद विस्तार गर्न सकेका छैनन्  ।  उनले मन्त्रिपरिषद विस्तार गर्न नसक्दा सत्ता गठबन्धनका नेताहरुले नै आलोचना गर्न लागेका छन्  ।



अहिले कुन दलले कति मन्त्रालय पाउने भन्नेमा लगभग सहमति भइसकेको छ तर आफ्नो भागमा भनेजति मन्त्रालय नपाएपछि दलका नेताहरु असन्तुष्ट रहेका छन्  ।

कांग्रेसमा नेता रामचन्द्र पौडेल समूहले तीन मन्त्रालयमा दाबी गरेपछि सहमति जुट्न सकेको छैन  ।

नेता पौडेलले आफ्नो पक्षका ३ जनालाई सरकारमा पठाउने सिफारिस गर्न खोजेको थियो तर देउवाले भने जम्मा २ मन्त्रालय दिने बताएपछि काँग्रेसभित्र असन्तुष्टि पैदा हुन थालेको छ ।

सरकरमा पठाउने नामबारे छलफल गर्न बुधबार दिउँसो नेता रामशरण महतको निवासमा पौडेल समूहको बैठक बसेको थियो । कांग्रेसका भागमा ७ मन्त्रालय परेको हुँदा आफ्नो समूहले तीनवटा पाउनुपर्ने उनीहरुको धारणा रहेको थियो ।

त्यतिमात्र होइन हिजो साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा पनि उनीहरुले देउवासँग आफ्नो ३ जनालाई मन्त्री बनाउनुपर्ने प्रस्ताव राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट