एमालेको नयाँ लोगोविरुद्ध अदालत जाँदै माओवादी- षड्यन्त्र गरेर मतदाता तान्न खोजेको आरोप-Sutra News

एमालेको नयाँ लोगोविरुद्ध अदालत जाँदै माओवादी- षड्यन्त्र गरेर मतदाता तान्न खोजेको आरोप

बिहिबार, २१ असोज २०७८

बिहिबार, २१ असोज २०७८

नेकपा एमालेको प्रथम विधान महाधिवेशनले पारित गरेको एमालेको नयाँ लोगोको विषयलाई लिएर नेकपा माओवादी केन्द्रले आपत्ति जनाएको छ । केही दिनअघि सम्पन्न एमालेको पहिलो विधान महाधिवेशनले सूर्यभित्र गोलाकार हँसिया हथौडा भएको लोगो पारित गरेको थियो ।



एमालेले पारित गरेको नयाँ लोगो माओवादीसंग मिल्दोजुल्दो भएपछि माओवादीले असन्तुष्टि जनाउन थालेको हो ।

एमालेले विधान महाधिवेशन अघिसम्म वर्गाकारभित्र सानो हँसिया हथौडा राखेर त्यसैको भित्रि भागमा अङ्ग्रेजीमा युएमएल लेखेको लोगो प्रयोग गर्दै आएको थियो ।

माओवादीका कतिपय नेताहरूले यसबारे प्रश्न समेत उठाउन थालेका छन् । त्यतिमात्र होइन माओवादी केन्द्रका एक नेताले आफ्नो पार्टीको चुनाव चिन्ह एमालेले लोगोमा प्रयोग गरेको भन्दै आपत्ति जनाएका छन् ।

चुनावी तालमेल गरेर पछि पार्टी नै एकता गरेका एमाले र माओवादीबीच अहिले अत्यन्त तितो सम्बन्ध बनेको छ । यस्तो अवस्थामा माओवादीले आफ्ना मतदाता तान्नका लागी एमालेले यस्तो हत्कण्डा अपनाएको आरोप लगाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट