आर्यन ड्रग्स प्रकरण- मुम्बईस्थित किला अदालतमा सुनुवाइ हुँदै, के आउला फैसला  ?-Sutra News

आर्यन ड्रग्स प्रकरण- मुम्बईस्थित किला अदालतमा सुनुवाइ हुँदै, के आउला फैसला  ?

बिहिबार, २१ असोज २०७८

बिहिबार, २१ असोज २०७८

बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खाको जमानत निवेदनमाथि बिहीबार मुम्बईस्थित किला अदालतमा सुनुवाइ हुँदैछ । 



सोमबार अदालतले आजसम्म हिरासतमा राख्न अनुमति दिएको थियो ।

आर्यनका  साथ अरबाज मर्चेंट ‍र मुममुन धमेचाको जमानतमाथि पनि आजै सुनुवाइ हुनेछ ।

एनसीबीले यो घटनामा बलिउड तथा केही धनाढ्यहरुको समेत कनेक्शन भएपनि कानुन अनुसार निष्पक्ष छानबिन गर्ने बताएको छ । मुम्बइको ड्रग कन्ट्रोल स्कार्डले शनिबार मध्यरातमा अप्रेशन सुरु गरेको थियो । समुन्द्रको बीचमा एक क्रुजमा ड्रग पार्टी चलिरहेको सूचना पाएपछि एनसीबीले छापा मारेको हो ।

यस घटनामा बलिउड र अन्य केही धनी व्यक्तिहरु शामिल छन्।

उनलाई सुनियोजित रुपमा फँसाउन खोजिएको भन्दै राजनीतिक दलका मानिसहरुले पनि आपत्ति जनाएका छन् । उनीसम्बन्धित थप आरोपहरु नभेट्टाए उनले आजै सफाई पाउने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट