एकीकृत समाजवादीमा जानेबित्तिकै भानुभक्त जोशीलाई माधव नेपालको अफरै-अफर-Sutra News

एकीकृत समाजवादीमा जानेबित्तिकै भानुभक्त जोशीलाई माधव नेपालको अफरै-अफर

बिहिबार, २१ असोज २०७८

बिहिबार, २१ असोज २०७८

नेकपा एमालेका नेता भानुभक्त जोशी नेकपा ​एकीकृत समाजवादी प्रवेश गरेका छन् ।



बिहीबार उनले एमाले केन्द्रीय सदस्यबाट राजीनामा दिएसंगै एकीकृत समाजवादी प्रवेश गरेका हुन् ।

नेकपा (एकीकृत समाजवादी)ले नेकपा (एमाले) परित्याग गरेर आएका भानुभक्त जोशीलाई स्थायी कमिटी सदस्य बनाउने भएको छ । त्यस्तै नेता नेपालले उनलाई अन्य महत्वपूर्ण जिम्मेवारी पनि सुम्पने भएका छन् । 

उनलाई स्वागत गर्दै अध्यक्ष माधवकुमार नेपालले एमालेका अरु नेता कार्यक्रम पनि आफूले नेतृत्व गरेको पार्टीमा आउने बताएका हुन् ।

दल रोज्न निर्वाचन आयोगले प्रदेश र संघका निर्वाचित जनप्रतिनिधिहरुलाई दिएको भदौं २२ को समयसीमा भित्र नै उनले एकीकृत रोज्ने बताएका थिए।

त्यही कारण एकीकृत समाजवादीले सुदूरपश्चिम प्रदेशको इन्चार्ज पनि तोकेको थिएन । अन्तिमा उनी एमालेमै रहने भएपछि एकीकृत समाजवादीले गरिमा शाहलाई सुदूरपश्चिम प्रदेशको इन्चार्ज बनाएको थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट