भारतीय जनता पार्टी (भाजपा)को निमन्त्रणमा नेपाली कांग्रेसको एक टोली भारत प्रस्थान गरेको छ । सहमहामन्त्री डा प्रकाशशरण महत नेतृत्वको टोली आज बिहीबार बिहान नयाँदिल्ली प्रस्थान गरेको हो ।
टोलीमा नेपाली कांग्रेसका नेताद्वय अजय चौरसिया र उदय शम्शेर राणा रहेका छन् । उनीहरुको भ्रमण ५ दिनको हुनेछ ।
भ्रमणका अवसरमा दुवै पार्टीबीचको सम्बन्ध विस्तार र सुदृढीकरणलगायत विषयमा छलफल हुने बताइएको छ । दुवै सत्तारूढ दल भएकाले पार्टीबीचको सम्बन्ध विस्तारका साथै नेपाल–भारतका विभिन्न मुद्दामा समेत छलफल हुने डा महतले जानकारी दिए ।
भ्रमणले दुई पक्षीय समझदारीको तह थप उचाइमा पु¥याउन योगदान पुग्ने उहाँले विश्वास व्यक्त गर्नभयो । भाजपाका विदेश विभाग प्रमुख विजय चौथाइवालेले गत महिना सहमहामन्त्री डा महतको निमन्त्रणामा नेपाल भ्रमण गरी विभिन्न दलका नेताहरुसँग भेटवार्ता गरेका थिए ।