पाकिस्तानको बलुचिस्तान प्रान्तमा गएको शक्तिशाली भूकम्पमा २० जनाको मृत्यु-Sutra News

पाकिस्तानको बलुचिस्तान प्रान्तमा गएको शक्तिशाली भूकम्पमा २० जनाको मृत्यु

बिहिबार, २१ असोज २०७८

बिहिबार, २१ असोज २०७८

पाकिस्तानको बलुचिस्तान प्रान्तमा बिहीबार बिहान गएको भूकम्पमा कम्तीमा २० जनाको मृत्यु भएको अधिकारीहरुले बीबीसीलाई बताएका छन् ।



अधिकारीहरुका अनुसार मृत्यु हुनेको संख्या बढ्ने देखिएको छ । संरचनाहरु भत्किँदा धेरै मानिसहरु मरेका छन्।

मृतकमध्ये धेरै महिला र बालबालिका रहेको रोयटर्स समाचार एजेन्सीले जनाएको छ ।

_120885498_071138036-1.jpg

अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार यो ५.९  म्याग्निच्युडको भूकम्प भएको बताएको छ । यो  ९ किलोमिटर गहिरो गहिराइमा आएको थियो। उथलपुथलले धेरै क्षति पुर्‍याउन अनुमान भूगर्भशास्त्रीले जनाएका छन् ।

स्थानीय अधिकारीहरुले बीबीसी उर्दूलाई भने कि कम्तीमा १५० जना घाइते भएका छन्, जसमध्ये धेरैलाई गम्भीर अवस्थामा अस्पताल लगिएको छ  ।

उद्धार कार्य चलिरहेको छ । सैन्य डाक्टरहरु र प्यारामेडिकहरु भूकम्प प्रभावित क्षेत्रहरुमा राहत को लागी सहयोग पुर्‍याउन पुगेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट