काठमाडौँ । सरकारमा सहभागी हुनका लागि काँग्रेसको तेस्रो धारका रुपमा चिनिने कृष्णप्रसाद सिटौलाले सिफारिस गरेको मन्त्रीको नाम प्रधानमन्त्री देउवाले अस्वीकार गरेका छन् ।
नेता सिटौलाले मन्त्रीका लागि उमाकान्त चौधरीको नाम सिफारिस गरेका थिए । तर देउवाले उनलाई मन्त्री बनाउन नसकिने संकेत गरेका छन् ।
कांग्रेसको भागमा आठवटा मन्त्रालय परेको छ । संस्थापन समूहबाट तीन मन्त्री र एक राज्यमन्त्री चयन भइसकेका छन्। बाँकी चार मन्त्रीमध्ये तीन मन्त्रालय संस्थापनइतर समूहले पाउने भएका छन्। त्यसमध्ये पौडेल समूहको भागमा दुईवटा मन्त्रालय परेका छन् ।
१३ औं महाधिवेशनमा गगन थापा र उमाकान्त चौधरीले कृष्णप्रसाद सिटौलालाई सहयोग गरेका थिए तीमध्ये गगन स्वास्थ्य मन्त्री भइसकेका छन् भने अहिले चौधरीलाई मन्त्री बनाउने तयारी भइरहेको छ ।
पौडेल समूहमा मन्त्रीका लागि केन्द्रीय सदस्यहरु सुजाता कोइराला, डा. मिनेन्द्र रिजाल, दिलेन्द्रप्रसाद बडु, तेजुलाल चौधरी र राजन केसीको नाम चर्चामा छ ।
माओवादी केन्द्रले ६, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले चार–चार मन्त्रालय लिने सहमति भएको स्रोतले बतायो ।
कांग्रेस, माओवादी र एकीकृत समाजवादीले एक–एक राज्यमन्त्री पाउनेछन् भने जनता समाजवादी पार्टीलाई रिक्त रहेको उपसभामुख पद पनि दिने सहमति भएको छ।