काठमाडौँ । सत्तारुढ दल नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले काँग्रेसको भविष्यका लागि सभापति शेरबहादुर देउवालाई विदाई गर्नुपर्ने बताएका छन् ।
बिहीबार एक रेडियो कार्यक्रममा बोल्दै पौडेलले यस्तो बताएका हुन् ।
उनले काँग्रेस अधिवेशनमा देउवा पक्षले आफूहरुले विजयी हासिल गरेको भन्दै फेक न्यूज प्रचारप्रसार गरेको आरोपसमेत लगाएका छन् ।
उनले चुनावमा देउवा विरुद्ध अगाडी बढ्न आफूहरूमा कुनैपनि विवाद नहुनेसमेत प्रष्ट पारे । कार्यक्रममा बोल्दै उनले भने, “देउवाविरुद्ध जानका लागि हामीबीच कुनै विवाद हुन्न । हामी एउटै साझा उम्मेदवारी दिन्छौं । हामी देशलाई निकास दिन सक्ने, स्पष्ट दिशाबोध भएको र कांग्रेसको रुपान्तरण गर्न सक्ने उम्मेदवार छनोट गर्नेछौं ।’
काँग्रेसको आसन्न १४ औ महाधिवेशनका लागि अहिले अधिवेशन चलिरहेको छ । हालसम्म धेरै ठाउँमा देउवा पक्षले जितेको छ भने पौडेल पक्ष पनि कमजोर छैन ।