मिलापले गर्‍यो ‘कभर सम्मान’-Sutra News

मिलापले गर्‍यो ‘कभर सम्मान’

बिहिबार, २१ असोज २०७८

बिहिबार, २१ असोज २०७८

काठमाडौं- मिलाप मासिकले राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै ‘मिलाप कभर सम्मान’ गरेको छ ।



बुधबार एक विशेष समारोहबीच मिलाप मासिकको कभरमा आएका व्यक्तित्वहरूलाई मिलाप कभर सम्मान प्रदान गरिएको थियो भने भाषा, साहित्य, कला, संस्कृति र संचारमार्फत समाजमा विशेष योगदान पुर्‍याएकाले योगदानको उच्च प्रशंसा गर्दै मिलाप सम्मान अर्पण गरिएको जनाएको छ ।

हिमालय टाइम्स दैनिकका सम्पादक पुरुषोत्तम दाहाल, राजनीतिक विशलेषक प्रा.डा.सुरेन्द्र केसी, नेपाली चलचित्रकी प्रथम नायिका भुवन चन्द, रङ्गीन चलचित्रकी पहिलो नायिका चैत्यदेवी, विश्व कीर्तिमानी गीतकार डा. डीआर उपाध्याय, विशिष्ट कलाकार लय संग्रौला, नेपाल चलचित्र कलाकार संघका उपाध्यक्ष मोहन निरौलालगायतको आतिथ्यता थियो ।

अतिथिहरूबाट निर्देशक मिलन चाम्स, कलाकार तथा समाजसेवी मनोज भेटवाल, साहित्यकार भीष्मराज फुलारा, लेखनाथ पोख्रेल, अमर वान्तु, सङ्गीतकार राजु सिंह, छायाकार तथा निर्देशक सवनम मुखिया, समाजसेवी तथा व्यवसायी दीपक शिवा, ताराबहादुर कुँबर, रामजी अवाल, रमेश थापा, संचारकर्मी नरेश भट्टराई, सन्दीप पौड्याल र मनोज थापालाई मिलाप सम्मान प्रदान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट