सर्वोच्च अदालतको परमादेशद्वारा गत असार २९ गते प्रधानमन्त्रीमा नियुक्त भएका शेरबहादुर देउवाले झन्डै अढाई महिनापछि मन्त्रिपरिषद विस्तार गर्न लागेका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाले झन्डै तीन महिनापछि आज मन्त्रिपरिषदलाई पूर्णता दिन लागेका छन् ।
सत्ता गठबन्धनका नेताहरुले आफ्नो दलको तर्फबाट मन्त्रीको नाम देउवालाई बुझाइसकेका छन् ।
प्रधानमन्त्री देउवाले यसअगाडि बालकृष्ण खाणलाई गृहमन्त्री, नारायण खड्कालाई परराष्ट्र मन्त्री, ज्ञानेन्द्रबहादुर कार्कीलाई कानुन मन्त्री र उमेश श्रेष्ठलाई स्वास्थ्य तथा जनसंख्या मन्त्री बनाइसकेका छन् ।
काँग्रेसको रामचन्द्र पौडेल पक्षबाट दिलेन्द्रप्रसाद बडु र मिनेन्द्र रिजाल मन्त्री बन्ने भएका छन् ।
पूर्वमहामन्त्री सिटौला पक्षबाट उमाकान्त चौधरी मन्त्री बन्ने तयारी छ ।