काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद विस्तार गर्नुअघि राष्ट्रपति विद्यादेवी भण्डारीसंग भेटवार्ता गर्ने भएका छन् ।
बालुवाटार स्रोतका अनुसार उनी अबको केही बेरमा राष्ट्रपति निवास जानेछन् । मन्त्रिपरिषद विस्तारका लागि आवश्यक छलफलका लागि उनी भण्डारी भेट्न जान लागेका हुन् ।
सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम यसअघि नै निश्चित भएको छ । सबैकुरा मिले आज बेलुका ४ बजे नै नयाँ मन्त्रीहरुलाई शपथ गराउने तयारी भएको देउवानिकट एक नेताले जानकारी दिए ।
शीर्ष नेताहरुले कांग्रेसलाई प्रधानमन्त्रीसहित नौ, माओवादी केन्द्रलाई पाँच, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादीलाई चार–चार मन्त्रालय लिने सहमति गरेका छन् ।