काठमाडौँ । माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टी ( नेकपा एस) आफ्नो पार्टीको चुनाव चिन्ह परिवर्तनका लागि निर्वाचन आयोग जाने भएको छ ।
नेकपा एसको स्थायी कमिटी बैठकले प्रस्ताव गरेको ‘किताब’ निर्वाचन चिन्ह परिवर्तन गर्दै ‘कलम’ राख्न लागेको हो ।
नयाँ चुनाव चिन्हका लागि आवश्यक प्रक्रियासहित निर्वाचन आयोग जाने एक नेताले जानकारी दिए ।
राष्ट्रपति विद्यादेवी भण्डारीले अध्यादेश जारी गरेसँगै नेता नेपाल एमालेबाट छुट्टिएर नयाँ पार्टी दर्ता गरेका थिए । नेकपा एकीकृत समाजवादीले गत भदौ नौ गते निर्वाचन आयोगबाट प्रमाणपत्र पाएको थियो ।