काठमाडौँ । प्रतिधिसभाको बैठक आज बस्ने भएको छ । बैठक नयाँ बानेश्वरस्थित संसद भवनमा दिउँसो १ बजे बस्ने भएको हो ।
आजको संसद बैठकमा निजामती सेवा विधेयक २०७५ फिर्ता लिने भएको छ । सो विधेयकमाथि झन्डै २ वर्ष प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा छलफल भएको थियो ।
त्यस्तै आजकै बैठकमा प्रधानमन्त्री एवं संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री शेरबहादुर देउवाले संघीय निजामती सेवा विधेयक २०७५ फिर्ता लिने प्रस्ताव पेश गर्ने कार्यसूची रहेको छ ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भने सभामुख अग्निप्रसाद सापकोटाको भूमिकामाथि प्रश्न उठाउँदै संसद बैठक निरन्तर रुपमा अवरोध गर्दै आएको छ ।