मन्त्रीको सूचीबाट आफ्नो नाम हटेपछि फेसबुकमार्फत चौधरीले पोखे यस्तो गुनासो-Sutra News

मन्त्रीको सूचीबाट आफ्नो नाम हटेपछि फेसबुकमार्फत चौधरीले पोखे यस्तो गुनासो

शुक्रबार, २२ असोज २०७८

शुक्रबार, २२ असोज २०७८

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीको तर्फबाट मन्त्री बन्नेको सूचीमा आफ्नो नाम नभएपछि सांसद मेटमणि चौधरीले पार्टीप्रति आफ्नो कुनै पनि गुनासो नभएको बताएका छन् ।



उनले शुक्रबार सामाजीक संजालमा लेख्दै उनले  यस्तो बताएका हुन् ।

उनले आफूहरु कठिन मोडमा रहेको भन्दै सबैको धैर्यधारणको आवश्यकता रहेको उल्लेख गरेका छन् ।  

‘हामी कठिन मोडमा छौं, यो घडीमा सबैमा धैर्यधारणको जरूरी छ,’ उनले लेखेका छन्, ‘यसैले निर्णय गर्नुहुने नेतृत्वलाई अनावश्यक दबाब दिनु जरूरी छैन । पार्टीलाई अझ सशक्त र समृद्ध बनाउँनु जरूरी छ । पार्टी साइजमा नआउँदै कुनै पनि प्रकारका गुनासा र मोलमोलाइको लागि स्पेस दिनु जरूरी देखिन्नँ ।’

उनी पनि मन्त्री बन्ने चर्चामा रहेका थिए तर शुक्रबार बिहान बसेको केन्द्रीय सचिवालय बैठकले पार्टीले पाउने चार मन्त्रीमा विरोध खतिवडा, प्रेम आले, रामकुमारी झाँक्री र किसान श्रेष्ठलाई पठाउने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट