प्रधानमन्त्री शेरबहादुर देउवा राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका छन् ।
स्रोतका अनुसार शुक्रबार मध्याह्न शीतल निवास पुगेका प्रधानमन्त्री देउवा र राष्ट्रपति भण्डारीबीच अहिले छलफल चलिरहेको छ ।
सरकारमा सहभागी हुने मन्त्रीको नाम सत्ता गठबन्धनका नेताहरुले देउवालाई बुझाइसकेका छन् ।
आज साँझ ४ बजे मन्त्रिपरिषद विस्तार गर्ने देउवाको तयारी गरेका छन् ।
मन्त्रिपरिषद विस्तार हुनुअघिको भेटलाई अर्थपूर्ण मानिएको छ ।