काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओलीसँग असन्तुष्ट रहेका पूर्वमाओवादी नेता प्रभु साह बालकोट पुगेका छन् । ओलीसँग छलफल गर्नका लागि उनी बालकोट पुगेका हुन् ।
उनी हाल एमालेका नेता विष्णु पौडेल, शंकर पोखरेल,टोपवहादुर रायमाझीलगायतका नेताहरुसंग छलफल गरिरहेका छन् ।
नेता साहले एमालेमा आफ्नो प्रभुत्व कायम गर्न ८ बुंदे माग बनाएर अगाडी बढ्ने रणनीति बनाएका थिए । तर ओलीले उनको मागलाई आवश्यक नरहेको भन्दै वास्ता गरेका थिएनन् ।
उनलाई माओवादीमा फर्काउन पछिल्लो समय माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि पहल गरिरहेका छन् । प्रचण्डले पहल गरिरहेका बेला उनी एमालेमा नै रहने तरिकाले छलफल गर्नका लागि ओली भेट्न बालकोट पुगेका हुन् ।
नेता साहले एमालेको प्रथम विधान महाधिवेशनसमेत बहिष्कार गरेका थिए ।