प्रतिनिधिसभाको बैठक सुरु भएको छ ।
नेकपा एमालेले आज पनि संसद बैठक अवरोध जारी राखेका छन् । सभामुख अग्निप्रसाद सापकोटाको भूमिकाप्रति प्रश्न उठाउँदै उनीहरुले निरन्तर रुपमा संसद बैठक अवरोध गर्दै आइरहेका छन् ।
उनीहरुले ‘ पदीय मर्यादा कायम गर’ लगायतका नाराहरु लगाइरहेका छन् ।
उनीहरुको विरोधका बीच नै सभामुखले सदन अगाडी बढाइरहेका छन् ।
आजको संसद बैठकमा निजामती सेवा विधेयक २०७५ फिर्ता लिने भएको छ । सो विधेयकमाथि झन्डै २ वर्ष प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा छलफल भएको थियो ।
त्यस्तै आजकै बैठकमा प्रधानमन्त्री एवं संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री शेरबहादुर देउवाले संघीय निजामती सेवा विधेयक २०७५ फिर्ता लिने प्रस्ताव पेश गर्ने कार्यसूची रहेको छ ।