प्रतिनिधिसभाको बैठक सोमबारसम्मका लागि स्थगित-Sutra News

प्रतिनिधिसभाको बैठक सोमबारसम्मका लागि स्थगित

शुक्रबार, २२ असोज २०७८

शुक्रबार, २२ असोज २०७८

काठमाडौँ । प्रतिनिधिसभाको बैठक स्थगित  भएको छ ।



सभामुख अग्निप्रसाद सापकोटाले आगामी असोज २५ गते बस्नेगरी बैठक स्थगित भएको घोषणा गरेका हुन् ।

सभामुखको भूमिकामाथि प्रश्न उठाउँदै आजको बैठकमा पनि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद बैठक अवरोध गरेको थियो ।

एमालेको अबरोधबीच सभामुख अग्नि सापकोटाले संसद बैठकलाई अगाडि बढाएका थिए ।

आजको संसद बैठकमा कानून न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले संघीय निजामति सेवा विधेयक र रेल्वे सेवा विधेयक फिर्ता  लिएको जानकारी दिएका छन् । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट