प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले आगामी कात्तिक ५ गते विश्वासको मत लिने भएका छन् ।
एमाले संसदीय दलको शुक्रबार बसेको बैठकले कात्तिक ५ गते विश्वासको मत लिने निर्णय गरेको हो ।
आचार्य अल्पमतमा रहेका छन् । मुख्यमन्त्री शेरधन राईले पदबाट राजीनामा दिएसंगै उनी मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।
उनले दशैंअगाडी नै मत लिने तयारी गरेका थिए तर समय नपुग्ने भएकाले दशैंपछि मात्र मत लिन लागेको बताइएको छ ।