काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले आज अपराह्न मन्त्रिपरिषद विस्तार गर्ने तयारी गरेका छन् । सत्ता गठबन्धनका नेताहरुबीच मन्त्रालय भागबण्डामा सहमति भएसंगै देउवाले मन्त्रिपरिषद विस्तार गर्न लागेका हुन् ।
सरकारमा सहभागी हुनका हुन काँग्रेसको रामचन्द्र पौडेल पक्षले मन्त्रीको नाम टुंग्याएको छ ।
रामचन्द्र पौडेलको पक्षबाट नेताहरु मिनेन्द्र रिजाल र दिलेन्द्र प्रसाद बडूको नाम मन्त्री बन्ने सहमति भएको बताइएको छ । त्यस्तै कृष्ण प्रसाद सिटौला समूहबाट उमाकान्त चौधरी मन्त्री बन्ने भएका छन् ।