आमिर खानमाथि लाग्यो सम्बन्ध विच्छेद गरिदिएको आरोप-Sutra News

आमिर खानमाथि लाग्यो सम्बन्ध विच्छेद गरिदिएको आरोप

शुक्रबार, २२ असोज २०७८

शुक्रबार, २२ असोज २०७८

बलिउड अभिनेता आमिर खानलाई अरुको सम्बन्ध विच्छेद गराएको आरोप लागेको छ । केही समयअगाडी  तेलुगु फिल्म उद्योगको चर्चित जोडी समंगा रुथ प्रभु र अक्किनेनी नागा चैतन्यको सम्बनधविच्छेद भएको थियो । नागा र समंथा दुवैले सामाजिक संजालमार्फत शनिबार आफूहरुको सम्बनधविच्छेदको घोषणा गरेका थिए ।



बलिउड अभिनेत्री कंगना रनोटले भने समंथा र नागाको सम्बनधविच्छेद हुनुमा बलिउड अभिनेता आमिर खान जिम्मेवार भएको आरोप लगाएकी हुन् । आमिरको केही महिना पहिले मात्र पत्नी किरण रावसँग सम्बन्धविच्छेद भएको थियो ।

 ‘आफ्नी पत्नीलाई अचानक डिभोर्स दिने दक्षिण भारतीय अभिनेताको बिहे भएको ४ वर्ष र सम्बन्ध सुरु भएको १० वर्षभन्दा धेरै भएको थियो । हालै उनी एक बलिउड सुपरस्टारको सम्पर्कमा आए जसलाई बलिउडमा डिभोर्स विशेषज्ञको रुपमा पनि चिनिन्छ । उनले कैयौं महिला र बच्चाहरुको जीवन बर्बाद गरेका छन् । यो कुनै अदृश्य चीन होइन, हामी सबैलाई थाहा छ कि म कसको बारेमा कुरा गर्दैछु ।’ कंगनाले सामाजिक संजालमा पोस्ट गर्दै लेखेकी छन् ।

आमिर र चैतन्य हालै आफ्नो आगामी फिल्म लाल सिंह चढ्ढाको सुटिङ गरिरहेका थिए । यही क्रममा उनीहरु एक अर्काको सम्पर्कमा आएका थिए । कंगनाले यही कुरालाई लिएर आमिर खानमाथि आरोप लगाएकी हुन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट