देउवाले उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्रीबाट किन बिदा गरे ?-Sutra News

देउवाले उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्रीबाट किन बिदा गरे ?

शुक्रबार, २२ असोज २०७८

शुक्रबार, २२ असोज २०७८

काठमाडौँ । प्रधानमन्त्रीमा नियुक्त भएको झन्डै अढाई महिनापछि शेरबहादुर देउवाले मन्त्रिपरिषद विस्तार गरेका छन् । उनले आज मन्त्रिपरिषद विस्तार गरेका हुन् । प्रधानमन्त्री देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले १६ मन्त्री र दुई राज्यमन्त्री नियुक्त गरेकी हुन् ।



देउवाले मन्त्री र राज्यमन्त्रीको जिम्मेवारेमा हेरफेर गरेका छन् । देउवाले नियुक्त गरेका स्वास्थ्य राज्यमन्त्री अहिले प्रधानमन्त्री कार्यालयमा तानिएका छन् । त्यस्तै कानुन, न्याय तथा संसदीय मामिला मन्त्री रहेका मन्त्री ज्ञानेन्द्रबहादुर कार्की सञ्चार तथा सूचनाप्रविधि मन्त्री बनेका छन् ।

देउवाले स्वास्थ्य राज्यमन्त्रीमा  श्रेष्ठलाई नियुक्त गर्दा चारैतर्फबाट प्रश्न उठेको थियो । उनको नियुक्तिको विषयलाई लिएर सत्ता गठबन्धनको बैठकमा समेत प्रश्न उठेको थियो । देउवाले त्यसलाई मिलाएर फेस गरेका थिए ।

त्यतिमात्र होइन उनको राजीनामासमेत मागिएको थियो । डाक्टर गोविन्द केसीले सरकारले नसुहाउने व्यक्तिलाई स्वास्थ्य राज्यमन्त्री बनाएको भन्दै राजीनामा माग गरेका थिए ।

श्रेष्ठले राज्यमन्त्री भएपछि राज्यबाट पाउने सेवा सुविधासमेत लिएका छैनन् । मन्त्रालय भागबण्डाका क्रममा स्वास्थ्य मन्त्रालय नै एकीकृत समाजवादीको भागमा परेपछि उनी राज्यमन्त्रीबाट हटेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट