नेकपा एमालेका केन्द्रिय सदस्य तथा पूर्व मन्त्री महेश बस्नेतले अहिलेका गठबन्धन सरकार देश र जनता लुट्न बनेको आरोप लगाएका छन् ।
शुक्रबार रुपन्देहीको शुद्धोधन गाउँपालिकामा भएको राष्ट्रिय युवा संघ नेपालको शुद्धोधन गाउँपालिका स्तरीय दास्रो युवा भेलालाई सम्बोधन गर्दै बस्नेतले अपवित्र रुपमा खडा भएको यो सरकारले जनतालाई असन्तुष्टि र असफलता मात्र प्रवाह गरिरहेको बताए । उनले वर्तमान सरकार सरकार लामो समयसम्म नटिक्ने बताए ।
उनले भोटका लागी झूटा आश्वासन दिने, मतदाताहरुलाई विभिन्न प्रलोभनमा पार्ने तर चुनाव जितेर गएपछि जनताको बीचमा गरेका प्रतिबद्धता पुरा नगर्ने पार्टी कांगे्रस भएको आरोप लगाएका छन् ।
नेता बस्नेतले माधव नेपाल र प्रचण्ड कम्युनिष्ट नभएको जिकिर गर्दै उनीहरु कम्युनिष्टको आवरणमा जनतालाई शोषण गर्र्ने शक्तिको मतियार भएको आरोपसमेत लगाए ।