इपिएल चौथो संस्करणको फाइनलमा शनिबार चितवन टाइगर्स र पोखरा राइनोजबीच प्रतिस्पर्धा हुँदै-Sutra News

इपिएल चौथो संस्करणको फाइनलमा शनिबार चितवन टाइगर्स र पोखरा राइनोजबीच प्रतिस्पर्धा हुँदै

शुक्रबार, २२ असोज २०७८

शुक्रबार, २२ असोज २०७८

एभरेष्ट प्रिमियर लिग (इपिएल) चौथो संस्करणको फाइनलमा शनिबार चितवन टाइगर्स र पोखरा राइनोजबीच प्रतिस्पर्धा हुँदैछ ।



दुवै टोली इपिएलमा पहिलो पटक फाइनलमा पुगेका हुन् । चितवनका कप्तान सोमपाल कामी र पोखरा राइनोजका कप्तान विनोद भण्डारी दुवैले पहिलो पटक इपिएल फाइनल खेल्न लागेका हुन् ।

दुवै टोलीका कप्तानले फाइनलमा राम्रो प्रदर्शन गर्दै उपाधि जित्ने बताएका छन् । शुक्रबार आयोजित प्री म्याच कन्फ्रेन्समा पोखराका कप्तान विनोद भण्डारीले फाइनल भनेर धेरै सोच्न आवश्यक नरहेको बताउनुभयो । फाइनल पुग्ने दुवै टोली राम्रो भएको उनले बताए । त्यस्तै चितवनका कप्तान सोमपालले फाइनल अवसर रहेको बताए ।

चितवन लिगमा ५ खेलमा जित र १ मा हार सहित शीर्षस्थानमा रहँदै क्वालिफायर खेलेको थियो । पोखरा ५ खेलमा ३ मा जित र १ मा हार सहित ७ अंकका साथ दोस्रो स्थानमा रहँदै क्वालिफायर खेलेको थियो । इपिएलको विजेताले ५० लाख र उप विजेताले १५ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट