काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबाराको कोटाबाट आपूर्तिमन्त्री बनेका गजेन्द्र हमालको बचाउ गरेका छन् । उनले गजेन्द्र हमाल प्रधानन्यायाधीशको कोटाबाट नभई काँग्रेसको तर्फबाट मन्त्री बनेको बताएका हुन् ।
शनिबार भरतपुर विमानस्थलमा संचारकर्मीसँग कुरा गर्दै उनले भने, ‘सांसद नभएका व्यक्ति पनि मन्त्री हुनसक्ने व्यवस्था छ, उहाँ कांग्रेसको कोटाबाट मन्त्री भएकाले अनावश्यक चर्चा गर्नु आवश्यक छैन ।’
हमाल प्रधानन्यायाधीशको कोटाबाट मन्त्री भनेको भन्दै अहिले सर्वत्र रुपमा विरोध भइरहेको छ ।
उनले प्रतिपक्षी दल नेकपा एमालेले संसद विरोध गरेकोमा आपतिसमेत जनाएका छन् ।
सभामुख अग्निप्रसाद सापकोटाको भूमिकामाथि प्रश्न उठाउँदै नेकपा एमालेले निरन्तर रुपमा संसद बैठक अवरुद्ध पार्दै आएको छ ।
संविधानविद्हरुले यसलाई लोकतन्त्र मास्ने षड्यन्त्र भनेर व्याख्या गर्दै आएका छन् ।
केहीदिनअगाडी प्रधानन्यायाधीश जबराले आफ्नो भागमा मन्त्री छुट्याउन देउवासंग प्रस्ताव गरेको समाचार समेत बाहिरिएको थियो ।