मन्त्रिपरिषद विस्तार- आफ्नो पार्टीका आकांक्षीलाइ मन्त्री बनाउन नपाएकोमा देउवा असन्तुष्ट, गठबन्धनमाथि दोषको थुप्रो-Sutra News

मन्त्रिपरिषद विस्तार- आफ्नो पार्टीका आकांक्षीलाइ मन्त्री बनाउन नपाएकोमा देउवा असन्तुष्ट, गठबन्धनमाथि दोषको थुप्रो

शनिबार, २३ असोज २०७८

शनिबार, २३ असोज २०७८

सर्वोच्च अदालतको परमादेशबाट गत असार २९ गते प्रधानमन्त्रीमा नियुक्त भएका नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले झन्डै ८८ दिनपछि मात्र हिजो मन्त्रिपरिषद विस्तार गरे । उनले हिजो १६ मन्त्री र २ राज्यमन्त्री थपेर सरकारलाई पूर्णता दिएका थिए ।



गठबन्धनको सरकार भएका कारण सबै दलका नेताहरुलाई चित्त बुझाएर मन्त्रिपरिषद विस्तार गर्नु उनको लागि ठुलो चुनौतीको विषय रहेको थियो जुन उनले पुरा गरिछाडे ।

मन्त्रालयको भागबण्डा नमिलेको भन्दै दलका नेताहरुले चरम असन्तुष्टि व्यक्त गरेका त छन् नै देउवा आफैं पनि आफूले गरेको मन्त्रिपरिषद विस्तारबाट सन्तुष्ट भने छैनन् ।

उनले गठबन्धनको सरकार भएका कारण सक्षम व्यक्तिलाई मन्त्रीमा नियुक्त नपाएकोमा दुख व्यक्त गरेका छन् ।

बालुवाटारमा आज आयोजित पुस्तक विमोचन कार्यक्रममा प्रधानमन्त्री देउवाले पार्टीका योग्य व्यक्तिलाई मन्त्री बनाउन नसक्दा दुःखी भएको उल्लेख गरे । उनले आगामी दिनमा अरुलाई उचित जिम्मेवारी दिने उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट