टाइटानिक फिल्म हेर्नुभएको छ ? जहाजबारे यी हुन् रोचक तथ्यहरू-Sutra News

टाइटानिक फिल्म हेर्नुभएको छ ? जहाजबारे यी हुन् रोचक तथ्यहरू

शनिबार, २३ असोज २०७८

शनिबार, २३ असोज २०७८

तपाईंलाई फिल्म हेर्नमा रुचि छ भने हलिउडको टाइटानिक फिल्म अवश्य हेर्नुहोस् । हेरिसक्नुभएको छ भने टाइटानिक जहाजको इतिहास जान्ने इच्छा तपाईंलाई हुँदो हो । यससम्बन्धी केही रोचक जानकारी हामी यहाँ पस्किँदैछौं । 



इतिहासमा पहिलोपटक हिउँको चट्टान (आइसबर्ग) मा ठोक्किएर टाइटानिक जस्तो विशाल जहाज पूरै डुब्यो । 

सन् १९१२ को अप्रिल १० मा टाइटानिक जहाजले पहिलो यात्रा शुरु ग–यो । त्यसको चार दिनपछि सन् १९१२ को १४ अप्रिलमा हिउँको चट्टानमा ठोकिएर जहाज डुब्यो । त्यसमा २२ सय ८ मानिस सवार थिए जसमध्ये जम्मा ७ सय १२ जना बाँच्न सफल भए ।

यस जहाजमा यात्रीहरूलाई बस्नका लागि तीनवटा श्रेणी बनाइएको थियो । 

टाइटानिक जहाज जुन आइसबर्गसँग ठोकिएर डुबेको थियो, त्यो आइसबर्ग एक हजार वर्षदेखि समुद्रमा तैरिरहेको थियो । 

टाइटानिक जहाजका कप्तानले आइसबर्गलाई ३० सेकेन्डअघि मात्र देखेका भए यो दुर्घटना हुनबाट रोक्न सकिन्थ्यो । 

टाइटानिक फिल्मको एउटा मार्मिक दृश्य तपाईंलाई याद होला । त्यसमा जहाज डुब्दै गर्दा सांगीतिक समूहका सदस्यहरूले शान्ति कायम राख्नका लागि संगीत बजाइरहेका थिए । फिल्मको यो दृश्यले दर्शकको रौं ठाडो बनाएको थियो । वास्तवमा जहाज डुब्दै गर्दा सांगीतिक समूहका मानिसले यात्रीको डर हटाउनका लागि घन्टौंसम्म संगीत बजाएका थिए । 

टाइटानिक जहाज डुब्नुअघि एक जापानी यात्री बचेर आफ्नो देश सुरक्षित रूपमा पुगेका थिए । तर जहाजसँगै आफू पनि डुबेको भए हुन्थ्यो भनेर उनलाई ग्लानि भइरह्यो । 

टाइटानिक जहाजमा चारवटा चिम्नी थियो तर तीनवटाले मात्र काम गर्थ्यो । चौथो चाहिँ देखाउनका लागि मात्र बनाइएको थियो । 

टाइटानिक जहाज डुब्नुभन्दा एक दिनअघि मोक ड्रिल अर्थात् सुरक्षा अभ्यास गराउने योजना बनाइएको थियो । त्यसमा यात्रीहरूलाई संकटकालीन स्थितिमा के गर्नुपर्छ भनी सिकाइने थियो । तर योजना स्थगित गरियो । 

आइसबर्गमा ठोक्किएको दुई घन्टा ४० मिनेटमा टाइटानिक जहाज पूरै डुब्यो । 

टाइटानिक जहाज डुब्दै गर्दा क्यालिफोर्निया नामक जहाज नजिकै थियो तर दुई जहाजबीचको सम्पर्क टुटेपछि क्यालिफोर्निया जहाजका मानिसले कुनै सहायता गर्न सकेनन् । 

टाइटानिक जहाज डुब्दै गर्दा यात्रीहरूलाई बचाउनका लागि जीवनरक्षक डुंगाहरूको उपयोग गरिएको थियो । तर तिनलाई पूरा भरिएको थिएन । क्षमताअनुसार डुंगा भरिएको भए थप केही यात्रीको ज्यान बचाउन सकिन्थ्यो । 

टाइटानिक फिल्मको बजेट मूल टाइटानिक जहाजको मूल्यभन्दा धेरै बढीको थियो । 

टाइटानिक दुर्घटनामा बच्ने एक यात्री मिल्भिना डीन थिइन् । उनको मृत्यु सन् २००९ को मे ३१ मा भयो । त्यतिखेर उनी ९७ वर्षकी थिइन् । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट